पाल्पामा २ सय भन्दा बढीमा डेंगु संक्रमण पुष्टि

काठमाडौँ, २१ भदौ । पाल्पामा २ महिना नपुग्दै २ सय भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको २० गतेसम्ममा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो । यो तथ्यांक लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै हो ।
जिल्लाका चारवटा अस्पतालमा भएको परीक्षणमा डेंगुका बिरामी देखिने क्रम बढेका हुन् । पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगु संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा ४३२ जना २०८१/०८२ मा ५१० जना, २०८०/८१ मा ६८६ जनामा संक्रमण पुष्टि भएको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



