सेनाको हेलिकप्टरबाट रसुवा पठाइयो हैजाबिरुद्ध २१ हजार डोज खोप

52
Shares

काठमाडौँ, २१ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

मन्त्रीको निर्देशनानुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोगको सूक्ष्म निगरानी, सुरक्षित खानेपानी, सरसफाइ र आवश्यक स्वास्थ्यकर्मी परिचालनको काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाढीका कारण खानेपानीका मुख्य मुहान तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेकाले हैजा लगायत अन्य सरुवा रोगको जोखिम उच्च रहेको छ। जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *