त्रिवि आइओएमले एमबीबीएस, बीएस्सी नर्सिङ सहित ८ विषय अध्ययनका लागि आवेदन माग्यो

1.1k
Shares

काठमाडौँ, २ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आफ्ना आंगिक तथा सम्वन्धनप्राप्त क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन मागेको छ ।

आइओएमले एमबीबीएस, वीडीएस,बीएस्सी नर्सिङ, बीपीएच,बीएस्सी एमएलटी, बीएएसएस, बीएस्सी एमआईटी,बी फार्मेसी, बीएनएस विषयमा प्रवेश परीक्षाका लागि आवेदन मागेको हो ।

प्रवेश परीक्षाका लागि फारम अनलाइनबाट उपलव्ध हुन् । तर प्रवेश परीक्षा शुल्क बैकमार्फत दाखिला गर्नुपर्ने बताएको छ । देशभरका हिमालयन बैंकबाट नेपाली विद्यार्थीले २८ भदौसम्म र विदेशीले ३१ भदौ देखि ५ असोजसम्म शुल्क दाखिला गर्न सक्ने भनिएको छ । प्रवेश परीक्षा शुल्क नेपाली विद्यार्थीका लागि ३८५० र विदेशी विद्यार्थीका लागि ५ हजार भनिएको छ ।

बिस्तृत जानकारीका लागि यहाँ क्लिक गरौँ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “त्रिवि आइओएमले एमबीबीएस, बीएस्सी नर्सिङ सहित ८ विषय अध्ययनका लागि आवेदन माग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *