५० हजार घुस रकम सहित फार्मेसी अधिकृत पक्राउ

काठमाडौँ, ११ बैशाख । औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले अधिकृत भट्टराईलाई आफ्नै कार्यकक्षबाट घुस रकम सहित पक्राउ गरेको हो ।

अधिकृत भट्टराईले मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भनि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि टोली खटिएको थियो ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले भट्टराईलाई नियन्त्रणमा लिएर थप छानवीन अघि बढाएको बताए ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर