५० हजार घुस रकम सहित फार्मेसी अधिकृत पक्राउ
काठमाडौँ, ११ बैशाख । औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले अधिकृत भट्टराईलाई आफ्नै कार्यकक्षबाट घुस रकम सहित पक्राउ गरेको हो ।
अधिकृत भट्टराईले मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भनि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि टोली खटिएको थियो ।
अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले भट्टराईलाई नियन्त्रणमा लिएर थप छानवीन अघि बढाएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



