३७ हजार घुस लिएको आरोपमा नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा. यादव पक्राउ

284
Shares

काठमाडौँ, ४ बैशाख । घुस लिएको आरोपमा आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादव पक्राउ परेका छन् । सेवाग्राहीको उजुरीको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा यादवलाई ३७ हजार घुस रकम सहित आज सरकारी निवासबाट पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार , कन्सल्टेन्ट आयुर्वेद चिकित्सक (दशौं तह)का डा यादव माथि आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई ३ महिने ओजेटी (प्रशिक्षण तालिम) गराउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी परेको थियो ।

सोही उजुरी तथा सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको हो ।
प्रवक्ता मैनालीले डा यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *