नेपालमै पहिलोपटक दुई परिवारबीच मिर्गौला साटासाट गरि प्रत्यारोपण

tranplant 1

भक्तपुर १२ साउन – देशमै पहिलो पटक आपसी सहमतिवाट दुई परिवारबीच मिर्गौला साटासाट गरि प्रत्यारोपण गरिएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार ताप्लेजुङ्ग फुलवारीका ४९ बर्षीय खेमराज निरौला र गोर्खा मनकामनाका ४० बर्षीय विष्णुबाबु श्रेष्ठले एक अर्काका परिबारका सदस्यबाट प्रत्यारोपणका लागि मिर्गौला प्राप्त गरेका हुन् ।

केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार निरौलाले श्रेष्ठकी दिदी गोर्खा मनकामनाकी ५२ बर्षीया इमाया थापाबाट मिर्गौला पाएका हुन् । थापाका भाई विष्णुबाबु श्रेष्ठलाई निरौलाकी ४५ बर्षीया श्रीमती मातृकादेवी चापागाईले दिएकी हुन् ।

मिर्गौला विरामी निरौलाको व्लड गु्रप ए पोजेटिभ भएपनि उनलाई मिर्गौला दिन खोजेकी श्रीमती चापागाँईको व्लड ग्रुप बी पोजेटिभ थियो । त्यस्तै भाइलाई मिर्गौला दिन खोजेकी थापा र बिरामी श्रेष्ठको पनि व्लड क्रमश ए पोजेटिभ र बी पोजेटिभ थियो ।

दुबै मिर्गौला फेल हुने र दिन चाहनेको व्लड ग्रुप नमिलेपछि अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संसोधन २०७२ अनुसार एक अर्काका परिबारलाई मिर्गौला साटासाट गरिएको हो । संसोधित ऐनले प्रत्यारोपणका लागि एकै परिवारका सदस्यहरु मध्ये अङ्गदाता र ग्रहणकर्ताबीच म्याच नभएको अवस्थामा दुई परिवारवीच आपसी सहमतिमा अङ्ग साटासाट गरेर प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको छ । यस्तो चलन पश्चिमा मुलुकमा भने पहिले देखिनै चलेको हो ।

डा. श्रेष्ठले दुई परिबारबीचको आपसी सहमतिमा भएको उक्त मिर्गौला प्रत्यारोपण एकै साथ सम्पन्न भएको बताए । उनले संसोधित ऐनले दिएको तीनवटा मुख्य सुविधामध्ये केन्द्रमा दुईवटा प्रयोगमा आइसकेको भन्दै ब्रेनडेथ मात्रै बाँकी भएको बताए ।

‘संसोधित उक्त ऐनकै व्यवस्था अनुसार नजिकका नातेदारको दायरा व्यापक फराकिलो पारिएको हुँदा साल र भिनाजुबीच समेत प्रत्यारोपण भै सकेको छ । अब यो ऐनले दिएको अर्को महत्वपूर्ण पाटो मस्तिस्क मृत्यु भएका व्यक्तिको अंग निकाली प्रत्यारोपण गर्ने तयारी भएको छ,’ डा. श्रेष्ठले भने ।

केन्द्रका अनुसार आजको प्रत्यारोपणका श्रेष्ठको नेतृत्वमा सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा.डा राकेश वर्मा, मुटुका सल्यचिकित्सक डा. मोहन देव भण्डारी र डा. सम्पुर्ण तुलाधर, डा. प्रेम बैध तथा ऐनेष्थेसिया विभागकी डा. महालक्ष्मी देउजा र डा किरण अधिकारी, सर्जन डा. विरेन्द्र यादव, डा. प्रविण जोशी, डा. नारायण भुषाल, नेफ्रोलोजिष्ट डा. लुशन सिह, डा. सन्तोष गुरुङ्ग र डा. सागर श्रेष्ठ सहितका चिकित्सक संलग्न थिए । उक्त केन्दमा गत आर्थिक बर्षमा मात्रै १०१ जनाको मिर्गौला प्रत्यारोपण भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *