झाडापखालाका कारण ५१ जनाको मृत्यु

साना, २९ वैशाख । यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

गत अप्रिल २७ देखि अहिलेसम्मको अवधिमा दुई हजार ७५२ ओटा झाडापखालाका बिरामी सरकारी स्वास्थ्य संस्थामा आएको डब्लुएचओद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यो विवरण राजधानी सानासहित विभिन्न १० प्रदेशको भएको अधिकारीहरुले बताएका छन् ।

“गत दुई हप्तामा झाडापखालाको प्रकोप धेरै ठाउँमा फैलिइसकेकाले अहिले हामी धेरै सतर्क छौँ,” यमनका लागि डब्लुएचओका प्रतिनिधि डा नेभिओ जागारिआले भने ।

यमनमा भइरहेको दुई वर्षदेखिको द्वन्द्वका कारण झडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ ।

“भौतिक संरचनाहरु, खानेपानी र सरसफाइमा पर्याप्त ध्यान नदिएकाले झाडापखाला जस्ता रोगहरुले धेरै सताउने गरेको पाईएको छ,” उनले थपे।

गर्मी मौसमको बेला बर्षाका कारण पानी फोहोर हुने भएकाले झाडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *