डब्लुएचओले अघि सारेको हेल्थ फर अल फिल्म फेस्टिवलमा ११० देशका ९०० बढीको सहभागिता

काठमाडौँ, ३ असार ।  डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिवलको पाँचौँ संस्करणका लागि यसपटक ११० देशबाट ९०० बढी फिल्म निर्माताले सहभागिता जनाएका छन् ।

ती निर्माताहरुले डब्लुएचओले तोकेको जलबायु परिवर्तन, शरणार्थी, सुर्तीजन्य पदार्थ र लैंगिक हिंसाका विषयमा आफ्ना लघु चलचित्र पेश गरेका छन् । यद्धपी निर्णायक मण्डलहरुले त्यसमध्येबाट ६० वटा लघु चलचित्र मात्रै अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएको बताइएको छ ।

त्यसरी अल्पसूचीमा छनौट भएका लघुचलचित्र मध्येबाट तीन वटा ग्राण्ड फिक्स र चार वटालाई विशेष चलचित्र पुरुस्कारबाट विभुषित गरिने बताइएको छ । आगामी २६ मे मा जेनेभामा हुने विश्व स्वास्थ्य संगठनको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनका विजयीहरुलाई पुरस्कृत गरिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रयससले फिल्मको माध्यमबाट कथा कथनले डब्लुएचओको बैज्ञानिक कार्यमा मानवीय आयाम ल्याउने र स्वास्थ्यका बारेमा मानिसहरुको अनुभवलाई राम्ररी पाइने बताए । चलचित्र महोत्सब स्वास्थ्य समस्याको बारेमा सचेतना जगाउने एक महत्वपूर्ण माध्यम हो । जसले मावन अधिकारको रुपमा स्वास्थ्यलाई विश्वव्यापी पहुँच सुनिश्चित गर्ने लक्ष्यमा अघि बढाउन मद्धत गर्दछ ।

यस महोत्वसमा निर्णायको रुपमा शेरोन स्टोन(अभिनेता अमेरिका) अल्फोन्स हेरेरा (अभिनेता म्याक्सिको) अन्दिता दास अभिनेता भारत) अपोलो ट्राउरे ( फिल्म निर्देशक बुर्किनाफासो) युसरा मर्दानी (सिरियाली शरणार्थी) मारियो मौकिलाउँ (मोजाम्बिक फाटोग्राफर) रहेका छन् ।

यस्तै छनौटमा परेका ६० वटा चलचित्रहरु हेल्थफर अल फिल्म फेस्टिवलको वेवसाइटमा राखिने र चारवटा युटूव प्लेलिस्टमा राखिने छ ।

सन् २०२० मा सुरु भएको फेस्टिभलदेखि अहिलेसम्म विश्वभरका बिरामी, स्वास्थ्यकर्मी, कार्यकर्ता, विद्यार्थी र व्यावसायिक फिल्म निर्माताहरूले ५ हजारभन्दा बढी फिल्म पेस गरेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *