हंङकंङ र सिंगापुरद्धारा एमडीएच र एभरेष्ट मसलामा क्यान्सर बनाउने तत्व भेटिएको भन्दै प्रयोगमा रोक

एजेन्सी । हंङकंङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टबाट उत्पादित मसलामा किटनासक एथिनिल अक्साइड भेटिएको दावी गरेको छ । उसले यी कम्पनीबाट उत्पादित मसलाहरु प्रयोग नगर्न आम सर्वसाधारणसमक्ष आग्रह गरेको छ ।

यो संगै यी कम्पनीबाट उत्पादित मसलाहरुको खरीद बिक्री पनि रोक्न भनिएको छ । सिंगापुरमा पनि एभरेष्टबाट उत्पादित फिसकरी मसला बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।

हंङकंङको खाद्य सुरक्षा विभाग सेन्टर फर फुड सेफ्टीले एमडीएचबाट उत्पादित मद्रास करी पाउडर, सांभर मसला मिक्स पाउडर र करी पाउडर मिक्स मसलामा किटनासक एथिनिल अक्साइड पाइएको बताइएको छ ।

विभागले सबैलाई यसको प्रयोग नगर्न आग्रह गरेको छ ।

खाद्य सुरक्षा विभाग सेन्टर फर फुड सेफ्टीले बिक्री रोक्नुपर्नाको कारण उल्लेख गर्दै भनेको छ क्यान्सर सम्वन्धी अनुसन्धान गर्ने एजेन्सीले एथिलीन अक्साइडको ग्रुप १ कार्सिनोजेनमा राखेको छ ।

कार्सिनोजेन यस्तो पदार्थ हो जसको प्रयोगले क्यान्सर हुने खतरा रहन्छ ।

यता सिंगापुरले पनि एभरेष्टद्धारा उत्पादित फिसकरी मसलामा इथिलीन अक्साइड पाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । सिंगापुरमा यो मसलाको आयात मुथैया एण्ड सन्स प्रालिले लिएको छ । सरकारी अधिकारीहरुले सो कम्पनीलाई मसला बजारबाट फिर्ता गर्न भनेको छ ।

के हो एथिनिल अक्साइड ?

एथिनिल अक्साइड एक रंगहिन तथा ज्वलनशील ग्यास हो । यसको प्रयोग आमरुपमा कृषि, हेल्थकेयर तथा फुड प्रोसेसिङ उद्योगमा किटनासक छर्कनका लागि प्रयोग हुन्छ । मसला तथा अन्य खाद्य पदार्थमा माइक्रोबियल प्रदुषण नष्ट गर्न तथा किरालाई नियन्त्रण गर्न एथिनिल अक्सइडको प्रयोग हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *