बागमती प्रदेशको स्वास्थ्य सचिव डा. प्रवीण श्रेष्ठ

192
Shares

काठमाडौँ, १४ बैशाख ।  सरकारले बागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. प्रवीण श्रेष्ठलाई दिएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कन्सल्टेन्ट सर्जन (एघारौँ तह) डा. श्रेष्ठलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

यसअघि प्रदेश स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए। यसअघि पनि स्वास्थ्य सचिव खड्काको सरुवा भएको थियो। खड्का सरकारले गरेको सरुवाको बिरुद्धमा सर्बोच्च अदातल गएका थिए।

त्यसबेला सर्बोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

डा. श्रेष्ठ भने हेटौडा अस्पतालमा कार्यरत कन्सलटेन्ट सर्जन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *