सार्क देशका स्वास्थ्य मन्त्री : कुन देशको ? को ? कस्तो ?

श्रीलङ्काका स्वास्थ्य मन्त्री डा. रमेश जो आफूलाई मेडिकल प्राक्टिस्नर हुँ भन्न रुचाउँछन्

252
Shares

काठमाडौँ, ९ बैशाख । शिक्षा र स्वास्थ्य सेवामा दक्षिण एशियाली राष्ट्रहरुमै अग्रणी मानिने श्रीलङ्काले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न एक जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई खटाएको छ ।

डा रमेश पथीराना श्रीलङ्काका स्वास्थ्य मन्त्री हुन् । डा सीथा अराम्बेपोला र शिशिरा जयकोडी राज्यमन्त्री हुन् । उनीहरुमध्ये राज्यमन्त्री डा अराम्बेपोला औषधि उत्पादन वितरण तथा नियमन र अर्का राज्यमन्त्री जयकोडी स्वदेशी औषधि (इन्डिजिनियस मेडिसिन) को जिम्मेवारी सम्हालेका छन् ।

स्वास्थ्य मन्त्री डा पथीराना चिकित्साशास्त्र संकायबाट एमबीबीएस र व्यवस्थापन संकायबाट एमबीए गरेका उनले आफूलाई मेडिकल प्राक्टिस्नरको रुपमा चिनाउने गरेका छन् । द श्रीलङ्का पिपुल्स फ्रन्ट पार्टीका तर्फबाट सांसद बनेका उनी उनी लगातार दोस्रो पटक निर्वाचित भएका हुन् ।

बुद्ध धर्म मान्ने ५४ बर्षका उनी यसअघि उनी शिक्षा मन्त्री, शहरी विकास मन्त्री, उद्योग मन्त्री बनिसकेका थिए ।

श्रीलङ्कामा सार्वभौमिक स्वास्थ्य सेवा प्रणाली छ, जसले सबै नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दछ । र, यसलाई राष्ट्रिय प्राथमिकतामा पारिएको छ ।

त्यहाँका शहरका ठूला अस्पताल देखि सामान्य अस्पतालहरुमा ओपिडी सेवाहरु सहज रुपमा निशुल्क उपलव्ध छन् । यस्तै प्रयोगशाला तथा रेडियोलोजीका अधिकांश सेवाहरु निशुल्क उपलव्ध गरिएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *