ई-सिगरेटको प्रयोग गर्दा हदृयघातको जोखिम १९ प्रतिशतले बढी हुने : अध्ययन्

काठमाडौँ, ८ बैशाख । परम्परागत धूमपानले स्वास्थ्यमा जति असर गर्दछ, ई सिगरेटले विल्कुलै गर्दैन् भनेर हिड्ने प्रयोगकर्ताहरुको संख्या पछिल्लो समय बढी रहेको छ । तर,  बास्तविकता त्यस्तो होइन ।

एक ठूलो अमेरिकी अध्ययनले जीवनको कुनै पनि विन्दुमा भ्याप पिएका व्यक्तिलार्य हृदयघातको जोखिम १९ प्रतिशतले बढी देखिएको बताएको छ ।

अध्ययन्मा १ लाख ७० हजार सहभागी थिए । उनीहरुलाई ४५ महिनासम्म फलोअप गरिएको थियो ।

‘हार्ट फेलियर भनेको मुटुको मांसपेशीहरु कडा हुने वा कमजोर हुने र रगतलाई राम्ररी पम्प गर्न नसक्ने अवस्था हो । भ्यापिङ घोलमा रहेको निकोटिनले तपाईँको मुटुको धडकन र रक्तचाप बढाउँछ, लामो समयसम्म प्रयोग गर्दा मुटुलाई तनाव दिन्छ । यसले रक्तनलीलाइ संकुचित बनाउँछ, तिनिहरुलाई कम लचिलो बनाउँछ र फाइब्रोसिसमा जस्तै कडा बनाउँछ,’ भारतस्थित फोर्टिक्स एस्कर्टस हार्ट इन्स्टिच्युटका इन्टरभेन्सनल कार्डियोलोजीका प्रमुख डा निशिथ चन्द्र भन्छन् ।

त्यसो त भारत ईलेक्ट्रोनिक चुरोटको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाउने विश्वका केही देशहरुमध्ये एक हो ।

तर लुखिछिपि खरीद बिक्री र प्रयोग हुँदै आएको छ । त्यहाँ लगभग २३ प्रतिशत मानिसहरुले ई सिगरेट प्रयोग गर्ने गरेका छन् । जसमा ८ प्रतिशतले दैनिक प्रयोग गर्ने गरेको गतवर्षको प्रिभेन्टिभ मेडिसिन रिपोर्ट सर्भेक्षणले देखाएको छ । ग्लोबल एडल्ट टोबाको सर्भेक्षणले इ सिगरेटको प्रयोगकर्ताको संख्या कुल जनसंख्याको ०.०२ प्रतिशत रहेको उल्लेख गरेको छ ।

भ्यापको अन्य प्रभाव ?
ई सिगरेटे निकोटिन नियमित प्रयोग चुरोट छोड्न मद्धत गर्नुको सट्टा लतको स्रोत बन्न सक्छ । तरलमा आकस्मिक एक्सपोजरले तिब्र निकोटिन विषाक्तता पनि निम्त्याउन सक्छ ।

दोस्रो कुरा प्रयोग गरिएको तरल पदार्थको कुनै मानकीकरण विना, धेरै भापहरुले फोक्सोको रोग निम्त्याउन रसायनहरु छोड्छन र क्यान्सर निम्त्याउने यौगिकहरु र भारी धातूहरु हुन्छन् ।

तीन ई सिगरेट वा भाप उत्पादनको प्रयोग सम्वद्ध फोक्सोको चोटले सास फेर्न छाती दुख्ने र सास फर्न गाह्रो हुन सक्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *