‘एलोफिभर’का बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

ब्राजिल, १ माघ । ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ ।

शुक्रबार अपरान्ह्वासम्म उक्त क्षेत्रमा १३३ शङ्कास्पद बिरामी भेटिएका बताइएको छ । प्रान्तिय गभर्नर फर्नान्डो पिभेन्टले राज्यका तीन क्षेत्रमा अवस्थित १५२ शहरमा स्वास्थ्य क्षेत्रमा सङ्कटकालको घोषणा गरिएको बताए ।

अहिलेसम्म गाउँबाट प्राप्त नमूनामा मात्र एलो फिभरको प्रभाव देखिएको बताइएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *