साउदी सरकारले दियो २० लाख बासिन्दालाई कोरोना भाईरस विरुद्धको खोप

रियाद, ६ पुस । साउदी अरब सरकारले मध्यपूर्वी क्षेत्रका २० लाख बासिन्दालाई मर्स कोराना भाईरस बिरुद्धको खोप दिएको छ । मर्स कोरोना भाईरसको संक्रमण अझै फैलिने खतरा बढेपछि मन्त्रालयले उनीहरुलाई रुघाखोकी विरुद्धको खोप दिएको हो ।

भाइरसको संक्रमण रोक्न ९० प्रतिशत सफलता मिलेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसो त पछिल्लो समयमा सरुवा रोगको सो भाईरसबाट संक्रमित भई अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुको सख्ंया बढ्दै गएको जनाएको छ ।

साउदी अरव सरकारले मर्स भाइरसको संक्रमण रोक्न धेरै प्रयास गरेपनि सोमबार यही संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो भने अरु दुई जना संक्रमित फेला परेका थिए ।

सन् २०१२ मा यो भाईरसको संक्रमण भएको पहिलो घटना पत्ता लाग्दा सम्म सयौंको मृत्यु भईसकेको थियो भने सयौ संक्रमित भएका थिए । कोरोना भाइरसको संक्रमण भएको यो साउदी अरवको तथ्यांक संसारमा सवै भन्दा धेरै हो। रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *