छैटौं राष्ट्रिय रेडियोलोजी सम्मेलन ‘रेडकन-२०२४’ सुरु

काठमाडौँ, १५ बैशाख । नेपालका रेडियोलोजिष्टहरुको छैटौं राष्ट्रिय रेडियोलोजी सम्मेलन ‘रेडकन – २०२४’ सुरु भएको छ । नेपाल रेडियोलोजिष्ट एसोसिएनको आयोजनामा शुक्रबार देखि काठमाडौँमा सुरु भएको दुई दिने सम्मेलनमा स्वदेश तथा विदेशका रेडियोलोजिष्टहरुको उपस्थिति रहेको छ ।

रेडियोलोजीका अवरोधहरु र भविस्यको बाटो (Hurdles Ahead in Radiology: The Future Directions ) भन्ने नारा तय गरिएको सम्मेलनको उद्घाटन बरिष्ठ रेडियोलोजिष्ट डा विष्णुलाल जोशीले गरे । सो अवसरमा बोल्दै डा जोशीले ज्ञानको दायरा बढाउन तथा अनुभव आदानप्रदान गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल रेडियोलोजिष्ट एसोसिएसनका अध्यक्ष डा. सरोज शर्माले छैटौ (रेडकन २०२४ु नेपाल तथा अन्य मुलुकका अभ्यास र प्रविधिबारे ज्ञानमुलक सिकाई भएको बताए। उनले रेडियोलोजिष्टहरुले दैनिक प्राक्टिसमा आएका समस्या तथा भविस्यको दिशानिर्देशका लागि महत्वपूर्ण सिकाई हुने बताए ।

कार्यक्रममा साइन्टिफिक कमिटी चेयर डा वेनु लोहनीले तीव्र विकास र परिवर्तन भईरहेको यो विधाका विभिन्न विषयहरु समेटिएको बताईन्। उनले आर्टिफिसियल ईन्टेलिजेन्स ‘एआई’ बारे भएका अनुभव तथा प्रस्तुतिले बिरामीको सफल उपचारका लागि मल्टि डिसिप्लेनरी एप्रोजबारे जानकारी हुने बताइन्।

कार्यक्रममा इन्डियन रेडियोलोजी एण्ड ईमेजिङ एसोसियसनका अध्यक्ष डा भी एन भाराप्रसादले रेडकनका वैज्ञानिक प्रस्तुति अत्यन्तै महत्वपूर्ण भएको बताए। उनले विकासशील मुलुक भएर पनि नेपालले रेडियोलोजी तथा स्वास्थ्य उपचारको क्षेत्रमा गरेको काम उल्लेखनीय भएको भन्दै कोभिड – १९ को महामारीमा नेपालले गरेको काम प्रशंसनीय भएको बताए।

रेडकनको उद्घाटन कार्यक्रममा ५ जना सिनियर रेडियोलोजिष्टहरुलई नेपालको रेडिलोजीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ।

सम्मानित हुनेमा प्राडा शिव बहादुर बस्नेत, डा आनन्द प्रसाद आचार्य, प्राडा राम कुमार घिमिरे, डा यज्ञराज पाठक तथा, प्राडा मुकुन्द राज पन्थीलाई सम्मान गरिएको हो।

त्यसैगरी यसैवर्ष दिवंगत भएका रेडियोजिस्ट एसोसियसनका आजीवन सदस्य डा. शंकर बहादुर सिंहलाई एसोसियसनले मरणोपरान्त सम्मान गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *