मुख्य समाचार

चिकित्सा शिक्षा शास्त्र स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

काठमाडौँ, ९ साउन । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आज शनिबारबाट सुरु हुने भएको छ। आजदेखि साउन १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।

आज देखि चार ठाँउबाट कोभिड खोप कार्ड प्रमाणीकरण हुने

काठमाडौँ, ८ साउन । आज देखि काठमाडौं र ललितपुरका गरी चार ठाँउबाट कोभिड खोप कार्ड प्रमाणीकरण हुने भएको छ । हिजोसम्म टेकुस्थित शहीद शुक्रराज टपिकल अस्पतालमा मात्रै सो काम भएको थियो ।

कोभिड-१९ को उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीको कार्यकाल छ महिना थप

काठमाडौँ, ७ साउन । कोभिड – १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी छ महिना थप गर्ने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३ साउनमा सचिवस्तरीय निर्णय गर्दै आवश्यकताका आधारमा करारका स्वास्थ्यकर्मीको पदावधी बढीमा ६ महिना थप्न सकिने निर्णय गरेको छ ।

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा १९ भदौमा हुने

काठमाडौँ, ७ भदौ । नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १९ भदौमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

१० हजार बढी नि:शुल्क स्वास्थ्य परीक्षण गर्न केडीसी र प्रभु बैंकबीच सम्झौँता

काठमाडौँ, ६ साउन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्धारा सञ्चालित केडीसी जनरल हस्पिटलले अवको एक वर्ष भित्र देशका विभिन्न जिल्लामा पुगेर १० हजार बढी आम सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

डब्लुएचओ र युनिसेफले भन्यो, ‘कोरोनाका कारण २ करोड ३० लाख बालबालिका खोपबाट बन्चित’

काठमाडौँ, ६ साउन । कोभिड १९ को महामारीको कारण सन् २०२० मा २ करोड ३० लाख बढी बालबालिकाहरुले नियमित स्वास्थ्य सेवा अन्तरगर्त पाउनुपर्ने खोप लिनबाट बञ्चित भएका छन् । यो संख्या २०१९ मा भन्दा ३७ लाख बढी हो ।

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुर, ५ साउन । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।

कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

बेइजिङ, ५ साउन । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।

काठमाडौँमा करीव २० हजारले लगाए जोनसन एण्ड जोनसनको खोप

काठमाडौँ, ४ साउन । सरकारले आजबाट कोभिडविरुद्धको नयाँ खोप सुरु गरेको छ । अमेरिकाले कोभ्याक्स सुविधामा उपलव्ध गराएको जोनसन एण्ड जोनसनको खोप सुरु गरेको हो । यो खोप एक डोज लगाए पुग्छ ।

जोनसन एण्ड जोनसन र एस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं, ४ साउन । औषधि व्यवस्था विभागले कोभ्याक्स सुविधा मार्फत आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप र अक्सफोर्ड युनिभर्सिटीबाट विकसित भएको एस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिईएको बताएको छ । सोमबार सूचना जारी गर्दैै यी दुई खोपलाई १५ र १६ असार मै अनुमति दिएको उल्लेख गरेको छ ।