मुख्य समाचार

काठमाडौँमा ५५ हजार ८३० जनाले भेरोसेलको पहिलो डोज लगाए

काठमाडौँ, ३१ असार । काठमाडौँमा मंगलबार र बुधबार गरी कुल ५५ हजार ८३० जनाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका छन् ।

रुपन्देहीमा १ र २ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिईदै

बुटवल, ३० असार । स्वास्थ्य कार्यालय रुपन्देहीले १ र २ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । जिल्ला खोप समन्वय तथा अनुमगन समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सेवा विभागले तोकेको प्राथमिकता र उमेर समूहलाई खोप दिने निर्णय गरेको हो ।

फार्मेसी परिषद्को १७ औं नाम दर्ता परीक्षा १६ साउनमा

काठमाडौँ, २९ असार ।  नेपाल फार्मेसी परिषदको १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा १६ साउनमा हुने भएको छ । परिषदको सोमबार बसेको बोर्ड बैठकले १६ साउनमा लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो ।

ललितपुरमा २ र ३ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिईने

काठमाडौँ, २९ असार । कोभिडविरुद्धको खोप लगाउने अभियान अन्तगर्त स्वास्थ्य कार्यालय ललितपुरले अगामी २ र ३ साउनमा भेरोसेलको पहिलो मात्रा लगाउने कार्यको थालनी

चितवनका २ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ, २८ असार । भरतपुर महानगरपालिकाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा डेल्टा भेरियन्ट पुष्ट भएको हो।

यतिकेमले ल्यायो पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न प्रयोग हुने ‘एचपीभी भ्याक्सिन’

काठमाडौँ, २७ असार । भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्ष उमेर समूहका बालिकाहरुलाई दिइने ‘ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)’ खोप आएको छ

अब कोभिडबिरुद्धको खोपको समस्या हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडबिरुद्धको खोपको समस्या नहुने बताएका छन् । आइतबार वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको उदघाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन

काठमाडौँ, २७ असार । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान नवनिर्मित सर्जिकल भवनको उदघाटन

युनिफाईड केन्द्रीय अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री श्रेष्ठले भने, ‘सम्भावित तेस्रो वेभको तयारीमा जुटनुस्’

काठमाडौँ, २६ असार । स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड १९ को सम्भावित तेस्रो वेभको तयारीमा जुटन कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका अधिकारीहरुलाई निर्देशन दिएका छन् । शनिबार केन्द्रीय अस्पतालको निरीक्षण गर्ने क्रममा सो निर्देशन दिएका हुन् ।

‘कोरोनाको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको छ’

वाग्मती, २६ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताएकी छिन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उनले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्नका लागि निर्देशन दिइएको जानकारी दिईन्।