क्रिटिकल केयरसम्बन्धी ‘ब्रेन ब्याटल’ मा मनमोहनको नर्सिङ टोली विजयी

180
Shares

काठमाडौं ३० कात्तिक ।  क्रिटिकल केयरसम्बन्धी ‘ब्रेन व्याटल’ (हाजिरी जवाफ प्रतियोगिता) मा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जको सीटीभीएस क्रिटिकल केयर नर्सिङ टोली विजयी भएको छ ।

क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपाल (सिसिएनएएन) द्वारा आयोजित उक्त प्रतिस्पर्धामा मनमोहनको टोलीले वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नागरिक कम्युनिटी अस्पताल तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताललगायतका प्रतिष्ठित स्वास्थ्य संस्थाका प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गरेको हो।

२१औँ विश्व क्रिटिकल केयर नर्सेस महासंघको विश्व सम्मेलन, आठौँ अन्तर्राष्ट्रिय एनएससिसिएम सम्मेलन तथा सिसिएनएएनको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा उक्त प्रतिस्पर्धा आयोजना गरिएको थियो। प्रतियोगिताको नेतृत्व भारतस्थित हिन्दुजा विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा. विल्मा वलसलानले गरेकी थिईन् ।

क्रिटिकल केयर नर्सिङजस्तो संवेदनशील क्षेत्रमा ज्ञान र सीपसँगै निरन्तर अध्ययन, अभ्यास र अद्यावधिक दक्षताको उत्तिकै महत्व हुन्छ।

यस्ता ज्ञानमूलक प्रतियोगिताले नर्सहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै अनुभव आदानप्रदान, ज्ञानको विस्तार र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विजयी टोलीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *