मुख्य समाचार

जोनसन एण्ड जोनसनको खोप चाहियो भन्दै प्रहरी अस्पतालमा नाराबाजी

काठमाडौँ, १४ साउन । नेपाल प्रहरी अस्पतालमा खोप लगाउन गएकाहरुले आफूहरुलाई जोनसन एण्ड जोनसन कम्पनीकै खोप लगाईदिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । उनीहरुले आजको भेरोसेल खोप लगाउने कार्यक्रमलाई समेत अवरुद्ध पारेका छन् ।

स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ र प्यारामेडिक्स तर्फका १७७ जनाको स्तरबृद्धि

काठमाडौँ, १३ साउन । स्वास्थ्य सेवा विभागले २०७७ पुस महिनासम्म निवेदन दर्ता भएका ८१ जना पारामेडिक्स कर्मचारीहरुको स्तरबृद्धि गरेको छ । यस्तै विभागले सोही अवधीमा निवेदन प्राप्त भएका नर्सिङ तर्फका ९६ जनाको पनि स्तरबृद्धि गरेको छ ।

कानून उल्लंघन गर्दै सूर्य नेपालले यसरी गर्दैछ चुरोटका विज्ञापन

काठमाडौँ, १३ साउन । नेपालको कानूनले सूर्तीजन्य पदार्थको विज्ञापन गर्न पूर्ण रुपमा रोक लगाएको छ । कानूनले खुद्रा रुपमा चुरोट विक्री वितरण गर्न प्रतिवन्ध नै लगाएको छ । तर सूर्ती उद्योगीहरुले कानूनको ठाडो उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्न थालेका छन् ।

रुप फेर्दै कोरोना : नेपालमा भेटिएको ‘डेल्डा भेरियन्ट’मा पनि थप उत्परिवर्तन

काठमाडौँ, १२ साउन । नेपाल भेटिएको कोभिड – १९ को डेल्टा भेरियन्टमा पनि उत्परिवर्तन आएको छ । कोभिड -१९ संक्रमितबाट भाइरसको नमूना झिकेर ‘जिनोमिक सिक्वेन्सिङ’ गर्दा डेल्टा भेरियन्टमा उत्परिवर्तन आएको पाइएको हो ।

विशेषज्ञ चिकित्सकको लागि लाइसेन्स परीक्षा १७ र १८ भदौमा

काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी १७ र १८ भदौमा गर्ने भएको छ ।

विदेश जाने श्रमिक र विद्यार्थीलेअब यी दुई अस्पतालमा कोरोना खोप लगाउन पाउने

काठमाडौँ, ११ साउन। सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

क्यान्सर अस्पतालमा तीन महिनाको अवधीमा १८५ जना कोरोना संक्रिमितको उपचार

भरतपुर, ११ साउन । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो ।

चीनबाट आज पनि आठ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौँ १० साउन । सरकारले चीनबाट खरीद गरेको ४० लाख डोज भेरोसेल खोपको चौथो खेप आज आईपुग्दैछ । खोप बोकेको नेपाल एयरलायन्सको वाइडबडी विमान केही बेर अघि बेइजिङबाट काठमाडौँका लागि उडी सकेको छ । सो विमान दिउसो २ : ५ बजे काठमाडौँ अवतरण गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

एमबीबीएस पढ्न रहर गर्दै ११ हजार ६६८ जनाले दिए प्रवेश परीक्षा

काठमाडौँ, ९ साउन । चिकित्सा शिक्षा आयोगले आजबाट शुरु गरेको चिकित्साशास्त्र तर्फ स्नातकत तहको एकीकृत प्रवेश परीक्षा अन्तरगत पहिलो दिन एमबीबीएसको परीक्षा सम्पन्न भएको छ ।

काठमाडौँमा खोप लगाउन अब अनलाइन फारम भर्नुपर्ने

काठमाडौँ, ९ साउन । स्वास्थ्य कार्यालय काठमाडौँले कोभिडविरुद्धको खोप लगाउन अब अनलाइन फारम (विद्युतीय दर्ता) भर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत १ साउनको पत्र अनुसार आफूहरुले यस्तो निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताए ।