नेपाल औषधि व्यावसायी संघको अधिवेशन स्थगित गर्न आदेश

0
Shares

काठमाडौं, ३ मंसिर । तीन दिन पछि हुने तय भएको नेपाल औषधि व्यवसायी संघको आसन्न निर्वाचन तथा अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। संघको १५ औँ राष्ट्रिय अधिवेशन यही मंसिर ५ र ६ गते कर्णालीको सुर्खेतमा हुने कार्यतालिका तय गरिएको थियो।

उच्च अदालत पाटनले संघको मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन रोकिएको हो।

तर, अधिवेशनको तीन दिनअघि अदालतले प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएपछि निर्वाचन तत्काललाई स्थगित भएको हो।

निवेदक लक्ष्मी प्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल औषधि व्यवसायी संघको केन्द्रीय कार्यालय, संघको निर्वाचन समितिको केन्द्रीय सचिवालय, प्रमुख निर्वाचन अधिकृत शिवराज धिताल तथा केन्द्रीय सहायक कार्यालय प्रमुख गणेश पुडासैनीलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले २०८३ मंसिर २ गते निवेदकका तर्फबाट अधिवक्ता प्रविण सुवेदीको बहस सुनेपछि विपक्षीका नाममा कारण देखाऊ आदेशसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

यस्तो छ आदेश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *