नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रार पदमा दीपकराज भट्ट नियुक्त

1.2k
Shares

काठमाडौँ, १५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रार पदमा दीपकराज भट्टलाई नियुक्त गरेको छ । आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनस्वास्थ्य अधिकृत भट्टलाई उपप्रधान मन्त्रीस्तरीय निर्णय गर्दै रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् ।

भट्टलाई दिइएको नियुक्ति पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त रजिष्ट्रारको रुपमा कामकाज गर्न भनिएको छ ।

यसअघि परिषद् लामो समयदेखि रजिस्ट्रारविहीन थियो। रजिस्ट्रार नहुँदा परिषद्मा लाइसेन्स वितरण लगायतका प्रशासनिक कामकाज प्रभावित भएको थियो।

आजै नियुक्ती पत्र बुझेका भट्टले परिषद् पेण्डिङ रहेका काम साथै व्यवस्थित ढंगबाट संस्थालाई अघि बढाउन आफूले केही योजना बनाईसकेको भन्दै नतिजा देखिने गरी काम गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *