उद्योग मन्त्री मातृका यादव नर्भिक अस्पताल भर्ना
काठमाडौँ, २ जेठ । पुरानो समस्या बल्झिएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन् । उनी मंगलबार थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
अत्यधिक रुपमा टाँउको दुख्ने र जीउ दुख्ने मन्त्री यादवको पुरानो समस्या हो ।
‘पछिल्लो केही दिन देखि सो समस्या अलि बढेको महसुस भएपछि आज फलोअपका लागि अस्पताल पुग्नु भएको थियो । सोही क्रममा चिकित्सकहरुले केही दिन यहि रहेर उपचार तथा आराम गर्नुपर्ने भन्ने सुझाव आयो । त्यसपछि भर्ना हुनु भएको हो,’ मन्त्री यादवका स्वकीय सचिव सन्तोस विष्टले बताए ।
नर्भिकमा मन्त्री यादवको उपचार हाडजोर्नी र न्युरो सम्वन्धी चिकित्सकहरुको टोली गरिरहेको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



