प्रतिबन्धित औषधि बिक्री गर्ने एक विदेशी सहित तीन जना पक्राउ
काठमाडौँ, १२ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले प्रतिवन्धित औषधि विक्री गर्ने एक विदेशी सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ सरस्वति नगर बस्ने २१ बर्षका इभेन्ट प्रसाई र सोही स्थानमा बस्ने २६ बर्षका प्रविण थापा रहेका छन् ।
प्रतिवन्धित औषधि बेचविखन गर्न कामनपा – ७ तर्फ हिडिरहेको छ भन्ने सुराकीको आधारमा चेक जाँज गर्दा उनीहहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गर्न मंगलबार बेलुका साढे छ बजे महानगरीय प्रहरी बृत्त बौद्य र प्रभाग कपनबाट प्रहरी टोली खटिएको थियो ।
उनीरुको साथबाट प्रतिवन्धीत औषधि नाईट्रोभेट २० पत्ता (९ सय क्याप्सुल) र ट्रामा ६० पत्ता (६ सय क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु दुबै लागूऔषद दुव्र्यसनी भएको जानकारी दिएको छ ।
यस्तै महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले मंगलबार नै कामनपा १६ सात घुम्तीबाट एक विदेशी नागरिक पक्राउ गरेको छ ।
संकास्पद गतिविधि गरीरहेको अवस्थामा चेकजाँच गर्दा जोर्डन नागरिक याजिड नायल दारवीसेज अल सराह पक्राउ परेका हुन् । राहदानी नम्बर ०३२३५२३ भएका उनी निषेधित लागु औषध अम्फाटामिन ट्याब्लेट १४ थान सहित पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले पक्राउ भएका तिनै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]