कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ
जुम्ला, ८ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रकाउ परेका छन् । उनीहरुलाइ शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।
उनीहरुले बैशाख ६ गते साँझ ७ः३० बजे मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर आकस्मिक कक्षमा रहेको ढोकाको सिसा र बत्ती तोडफोड गरेका थिए ।
तोडफोड गरी फरार रहेका उनीहरुलाई एक दिन पछि नै पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक डा दाहालले बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



