स्वास्थ्यका पाँच बरिष्ठ डाक्टरले बैशाख भित्रै अवकाश पाउने (को-कहिले ?)

716
Shares

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालय अन्तरगर्तका विभिन्न निकायमा कार्यरत पाँच जना बरिष्ठ डाक्टरहरु आगामी बैशाख भित्र अनिवार्य अवकाश पाउँदैछन् । उमेर हदका कारण त्यसरी अवकाश पाउनेमा दशौँ तह देखि बाह्रौं तह सम्मका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बुधबार देखि स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेबारी दिइएका डा.  विनोदमान श्रेष्ठ (१२ औँ तह) आगामी २१ फागुनमा अनिवार्य अवकाश पाउँदैछन् ।

त्यसअघि नै आयुर्वेद विभागका आयुर्वेद विज्ञ डा. चन्द्रप्रसाद भुसाल (१० औँ तह)ले अनिवार्य अवकाश पाउँदैछन् । उनी आगामी ११ फागुनमै अनिवार्य अवकाश हुँदैछन् ।

यस्तै सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. महेशप्रसाद खनाल (११ औँ तह)ले फागुन २५ मा अवकाश पाउँदैछन् ।

यस्तै केन्द्रीय कारागार अस्पतालको मेसु दरबन्दी रहेका राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका निर्देशक डा. केदारनरसिंह केसी (११ औँ तह)ले आगामी २१ चैतमा अवकाश पाउँदैछन् ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कार्यकारी निर्देशक डा. राजकुमार महतो (११ औँ तह) पनि आउँदो बैशाख भित्रै अवकाश पाउँदैछन् । उनी आगामी १२ बैशाखमा उमेर हदका कारण अवकाश पाउन लागेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *