स्वास्थ्यका पाँच बरिष्ठ डाक्टरले बैशाख भित्रै अवकाश पाउने (को-कहिले ?)
काठमाडौँ । स्वास्थ्य मन्त्रालय अन्तरगर्तका विभिन्न निकायमा कार्यरत पाँच जना बरिष्ठ डाक्टरहरु आगामी बैशाख भित्र अनिवार्य अवकाश पाउँदैछन् । उमेर हदका कारण त्यसरी अवकाश पाउनेमा दशौँ तह देखि बाह्रौं तह सम्मका छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बुधबार देखि स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेबारी दिइएका डा. विनोदमान श्रेष्ठ (१२ औँ तह) आगामी २१ फागुनमा अनिवार्य अवकाश पाउँदैछन् ।
त्यसअघि नै आयुर्वेद विभागका आयुर्वेद विज्ञ डा. चन्द्रप्रसाद भुसाल (१० औँ तह)ले अनिवार्य अवकाश पाउँदैछन् । उनी आगामी ११ फागुनमै अनिवार्य अवकाश हुँदैछन् ।
यस्तै सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. महेशप्रसाद खनाल (११ औँ तह)ले फागुन २५ मा अवकाश पाउँदैछन् ।
यस्तै केन्द्रीय कारागार अस्पतालको मेसु दरबन्दी रहेका राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका निर्देशक डा. केदारनरसिंह केसी (११ औँ तह)ले आगामी २१ चैतमा अवकाश पाउँदैछन् ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कार्यकारी निर्देशक डा. राजकुमार महतो (११ औँ तह) पनि आउँदो बैशाख भित्रै अवकाश पाउँदैछन् । उनी आगामी १२ बैशाखमा उमेर हदका कारण अवकाश पाउन लागेका हुन् ।
सम्पर्क इमेल : [email protected]