कोलम्बियाका पूर्व छापामारहरु चिकित्सा शिक्षाका लागि क्युबामा

हवाना, १२ भदौ । कोलम्बियाका पूर्व ‘फार्क’ छापामारहरुका लागि पहिलो चरणमा दिईने चिकित्सा शिक्षाका लागि दुई सय जनाको समूह क्युवा पुगेका छन । दक्षिण अमेरिकी देश कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्धेश्यले क्युबाले उनीहरुलाई सरकारी छात्रबृत्तिमा चिकित्सा शिक्षा दिन लागेको हो ।

हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा छात्रबृत्तिबाट लाभान्वित उनीहरुलाई क्युबाका विदेश मन्त्री र स्वास्थ्य मन्त्रीले स्वागत गरेका थिए ।

क्युबाको चिकित्सा शिक्षा ल्याटिन अमेरिकी देशहरु मध्येको उत्तम मानिन्छ । हामीले यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु ठूलो उपलब्धी हो, कोलम्बियाली युवा जुङ क्वीजानोले सिन्ह्वासँग बताएका छन ।

फार्क छापामारहरुको सदस्य भएकाले क्वीजानोले क्युवामा ६ बर्षे चिकित्सा शिक्षा लिएर चिकित्सक बन्ने अवसर पाउनु भएको हो ।

”हामीलाई चिकित्सक बन्ने अवसर दिएको र कोलम्बिया जनतालाई सहयोग गर्न सक्ने सक्षम बनाउन लागेकोमा क्युबाप्रति हामी अत्यन्तै आभारी छौं,“ उनले भने ।

अहिले निसस्त्र भएका पुर्व छापामार लाउरा हेर्रेराले क्युबाले छात्रबृत्ति दिएपछि आफुहरुको सपना सत्यमा परिणत भएको बताए । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *