दुर्गम हिमाली जिल्ला मनाङमा निशुल्क दन्त शिविर सम्पन्न, ६१२ जनाले लिए परीक्षण तथा उपचार सेवा

320
Shares

काठमाडौँ, ६ मंसिर । दुर्गम हिमाली जिल्ला मनाङमा दन्त विशेषज्ञहरुको सहभागितामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत २८ कात्तिक देखि १ मंसिरसम्म चार दिनसम्म चलेको शिविरमा ६१२ जनाले सेवा लिएका छन् ।

चिसो मौसम सुरु भईसक्दा हिमाली जिल्लामा शिविरको आयोजना गर्ने काम गोरखा वेलफेयर ट्रस्टले गरेको हो । यस्तै शिविरको प्राविधिक सहयोग काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले गरेको थियो ।

शिविरका लागि मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङले सहकार्य गरेका थिए ।

शिविरका लागि स्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै चामे पुगेका केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले स्थानीय बासिन्दालाई स्थानीय तहमै मुख तथा दन्त स्वास्थ्य सम्बन्धि परीक्षण तथा उपचार सेवा साथै मुख तथा दन्त स्वास्थ्यबारे सचेतना फैलाउनु मुख्य उदेश्य रहेको बताए ।

उनले शिविरका लागि काठमाडौँबाट आफूसंगै डा रविना चौधरी, डा सिम्फनी श्रेष्ठ, डा जानकी गुरुङ र डा आनिय श्रेष्ठ खटिएको बताए । यस्तै दन्त हाइजिनिष्टहरु निशा, सोना, सुस्मिता, साहंसिलासंगै तीन जना दन्त प्रयोगशाला प्राविधिकहरु पनि टिममा थिए ।

आयोजक गोरखा वेलफेयर ट्रष्ट नेपालका मेडिकल प्रोग्राम डाइरेक्टर डा गडार पोल, मेडिकल क्याम्प इन्जार्ज दीपक श्रेष्ठ, क्याम्प कोअर्डिनेटर डा देउमान लिम्बु, लजिष्टक म्यानेजर जय लिम्बु र मेडिकल अफिसर डा मेरिना श्रेष्ठ सहितको टोली पनि सहभागी थियो । यस्तै मनाङ अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय स्वयंसेवकहरुको पनि शिविरमा सहयोग रहेको डा श्रेष्ठले बताए ।

के के सेवा उपलव्ध ?
डा श्रेष्ठका अनुसार चार दिने उक्त शिविरमा ११५ जनाको दाँत सफा गरिएको थियो । यस्तै ११५ को दाँत भरिएको थियो । काेर्नाेप्लास्टी  १ जना,  डीसीएम १० जना र १७८ जनाको दाँत निकालिएको (एक्ट्रयाक्टसन) गरिएको थियो । यस्तै ९४ जनालाई कृतिम दाँत उपलव्ध गराईएको थियो ।

शिविरमा आएका एक सय बढी विद्यार्थीलाई दाँत स्वस्थ राख्ने तरिका तथा हाइजिनबारेमा सचेतनामुलक प्रशिक्षण दिइएको थियो ।

शिविरमा मनाङको चारवटै नगरपालिकाबाट स्थानीयबासी स्वास्थ्य जाँचका लागि आएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “दुर्गम हिमाली जिल्ला मनाङमा निशुल्क दन्त शिविर सम्पन्न, ६१२ जनाले लिए परीक्षण तथा उपचार सेवा

  1. अनि पैसा चै गोर्खा वेल्फेएर ट्रस्ट को, अनि कान्तिपुर डेन्टल ले कर्मचरि पठाए बापत पैसा लिने , अनि कुन नैतिकता ले डा बुद्दिमान श्रेस्ठले अन्तर्वाता दियो ? कान्तिपुर डेन्टलले के निशुल्क सेवा दिएको हो र ? पत्रकार महोदय बुझेर लेखम । बुद्धिमान जस्ता ब्यापारीको कुरा सुनेर समाचार नलेखम ।

Leave a Reply to Himal shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *