‘अभियन्ता’ले आक्रमणको धम्कि दिएपछि कर्णाली प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

आकस्मिक बाहेकका सेवा रोकियो
180
Shares

काठमाडौँ, १० बैशाख । आफूलाई सामाजिक अभियन्ता बताउने एक समूहले डिउटीमा खटिएका चिकित्सक माथि हमलाको प्रयास गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरुले आजैबाट आकस्मिक बाहेकका सेवा बन्द गराएका छन् ।

उनीहरुले असुरक्षा बढेको र सुरक्षाको प्रत्याभूत नभएसम्म बन्द सेवा सुचारु नगर्ने बताएका छन् । जिल्ला प्रहरीलाई बोर्दार्थ दिई प्रतिष्ठानका उपकुलपतिलाई लेखिएको निवेदनमा स्वास्थ्यकर्मीहरुले सामाजिक अभियन्ता बताउने समूहबाटै आफूहरु असुरक्षित महसुस गरेको उल्लेख गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘बुधबार विहान पौने १० बजे प्रतिष्ठानको विभिन्न वार्डमा गई स्वास्थ्यकर्मी, कर्मचारीमाथी गाली गलौच र धाक धम्की दिने शिलशिलामा शैक्षिक भवन हाता भित्र रहेको चमेना गृहमा प्रवेश गरी त्यहाँ रहेका कर्मचारीहरुलाई अभद्र व्यवहार गरेको र मार्ने धम्की दिई बाहिर आउन भनेको उल्लेख छ । त्यहि समूह पछि पौने ४ बजे पुन: मदिरा र लागू पदार्थ सेवन गरी हातहतियारसहित प्रवेश गरी कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेको उल्लेख छ ।

स्वास्थ्यकर्मीहरुले कथित अभियन्ताले लिखित तथा मौखिक रुपमा माफि माग्नु पर्ने र सम्पूर्ण कर्मचारी, शिक्षक, तथा चिकित्सकहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने तथा कानूनी कार्वाहीको रुमपा अघि बढाउनु पर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमा सो घटनाको भिडियो समेत सार्वजनिक भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *