उपचार गर्दाका भिडियो टिकटकमा राख्ने ‘भाइरल चिकित्सक’ माथि काउन्सिलद्धारा स्पष्टीकरण

1.0k
Shares

काठमाडौँ, ५ बैशाख । उपचारका बेला बिरामीसँग गरिएका कुराकानी तथा क्रियाकलापको भिडियो बनाई टिकटकमा हाल्ने एक जना चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ ।

काउन्सिलले भैरहवाका डा। सुधीर प्रसाद साह स्पष्टीकरण सोधेको हो । उनले टिकटक लगायत सामाजिक सञ्जाल प्लेटफर्ममा २०२५ अप्रिल देखि २०२६ अप्रिलसम्म अपलोट गरेका भिडियो सामग्रीहरू अध्ययन गर्दा आचारसंहिता उल्लङ्घन भएको देखिएको काउन्सिलले जनाएको छ ।

कान्सिललले साहमाथि कोड अफ इथिक्स र प्रोफेसनल कन्डक्ट २०१७ को बुँदा नं ३ को सी, ४ को (ए) लगायतमा रहेका आचारसंहिताको ठाडो उल्लंङ्घन भएको आरोप लगाएको छ । उनीमाथि सोही आधारमा किन कारबाही नगर्नु पर्ने हो भन्नेबारे ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न काउन्सिलले निर्देशन दिएको छ।काउन्सिलका रजिस्ट्रार डा। सतीश कुमार देवद्वारा हस्ताक्षरित उक्त पत्रमा तोकिएको समयमा स्पष्टीकरण नदिए प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ।

आफूलाई मुटु रोग विशेषज्ञ बताउने साहले अन्य रोगको समेत उपचार गर्दै आएको टिकटकमा देख्न सकिन्छ । उनले राखेको सामग्रीमा देशका विभिन्न ठाउँमा उपचारमा लागि आएका बुढाबुढी र महिला केटाकेटीहरुसंग उपचारका क्रममा गर्ने सबै गतिविधिहरु राख्ने गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *