स्वास्थ्य मन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त

20
Shares

काठमाडौं, १० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा।डा। मनोहर प्रधान नियुक्त भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राडा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उनलाई सो जिम्मेवारी दिइएको हो ।

प्राडा प्रधान चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेशा र प्राध्यापनमा सक्रिय छन् ।

उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरमा प्राध्यापनरत छन्।

दुई पटक नेपाल मेडिकल काउन्सिलको सदस्य भएका उनी नेपाल चिकित्सक संघ, चितवन शाखाको पूर्व उपाध्यक्ष हुन् ।

रास्वपाको स्थापनाकालदेखि नै सक्रिय डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए। उनी गत निर्वाचनमा समानुपातिक उम्मेदवार समेत बनेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *