शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका १०० दिन: पूर्वाधार, कार्यक्रम र सेवा विस्तारमा तीव्र प्रगति

32
Shares

कैलाली, ४ बैशाख । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्थापना पछिका पहिलो १०० दिनमा संस्थागत विकास, शैक्षिक कार्यक्रम तयारी तथा स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

विश्वविद्यालयले यस अवधीमा उपकुलपति प्राडा सुनिल कुमार जोशी र रजिष्ट्रार डा. खेम राज जोशीको नियुक्ति तथा शपथग्रहण सम्पन्न गरेको साथै विश्वविद्यालयको प्रशासनिक संरचना व्यवस्थित बनाउने काम अघि बढाइएको जनाएको छ ।

छ बुँदे प्रतिवेदनमा पूर्वाधार तथा प्राविधिक विकासतर्फ विश्वविद्यालयको आधिकारिक वेबसाइट निर्माण, परिसर सरसफाइ तथा व्यवस्थापन, केन्द्रीय प्रशासनिक भवन र आवास व्यवस्थापनमा सुधार गरिएको जनाइएको छ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम निर्माण कार्य तीव्र बनाइएको छ। एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीटी, बी फार्मेसी, बीपीएच र बी अप्टोमेट्री लगायत कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। आगामी शैक्षिक सत्रदेखि एमबीबीएस ५० सिट, नर्सिङ ३०, बीएससी एमएलटी २० सिट र बी अप्टोमेट्री २० सिट सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ–एप्रेजल फारम समेत पेश गरिएको छ।

नीतिगत तथा संस्थागत विकासअन्तर्गत शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली लगायत विभिन्न मस्यौदा तयार पारिएको छ। खरीद, अनुसन्धान केन्द्र, विषय समिति तथा संगठन संरचनासम्बन्धी नियमावली निर्माण प्रक्रियामा रहेका छन्।

मानव संसाधन व्यवस्थापनतर्फ ७७ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन प्रकाशित गरिएको छ भने करार शिक्षक छनोट कार्यविधि पनि तयार गरिएको उल्लेख छ ।

वित्तीय व्यवस्थापनतर्फ चालु आर्थिक वर्षका लागि रु। ४९ करोड १३ लाख बजेट विनियोजन भएको छ भने आगामी वर्षका लागि रु। २ अर्ब ५३ करोडको प्रस्तावित बजेट तयार गरिएको छ। साथै विभिन्न स्रोतबाट आय सुनिश्चित गर्ने पहल भइरहेको विश्वविद्यालयले जनाएको छ।

हेर्नुहोस प्रगति विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *