सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिना देखि पाएनन् तलव

456
Shares

काठमाडौँ, ८ बैशाख । संघीय सरकारले राष्ट्रसेवक कर्मचारीहरुका लागि १५-१५ दिनमा तलव निकासा गर्ने निर्णय गरेको छ । तर, काठमाडौँकै एक सरकारी अस्पतालले भने स्थायी दरबन्दीमा कार्यरत स्वास्थ्य समूहका सात जना कर्मचारीलाई विगत पाँच महिना देखि तलव दिएको छैन ।

‘लामो समय देखि तलव विहीन हुँदा हामी मानसिक, सामाजिक र भौतिक रुपमा एकदमै विच्छिप्त भएका छौँ,’भन्दै उनीहरुले अस्पताल प्रमुखलाई सामुहिक निवेदन समेत लेखेका छन् । निवेदनमा उनीहरुले लामो समय देखि तलव नपाएको कारणले दैनिक गुजारामा समेत आँच पुगेको उल्लेख गरेका छन् ।

तलव नपाउने स्वास्थ्यकर्मीहरुमा दीपेन्द्र बुढा, छिड्डी कुमारी राना, जयन्ती ठगुन्ना, सुरेन्द्र चराना, सुजता सेन्चुरी, मिसन घिमिरे र तपस्या मैनाली रहेका छन् । उनीहरुमध्ये केही स्टाफनर्स र केही एचए पदमा कार्यरत रहेको बुझिएको छ ।

टोखा चण्डेश्वरी अस्पताल बागमती प्रदेश सरकार अन्तर्गतको अस्पताल हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *