राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराई पनि मन्त्रालय तानिए

684
Shares

काठमाडौं, ४ बैशाख । राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराई पनि मन्त्रालय तानिएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई मन्त्रालय तानेकी हुन् ।

मन्त्रालयले यसअघि महानिर्देशक नारायण ढकाललाई कामकाजमा रहने गरी मन्त्रालय तानेको थियो । औषधीको मूल्य बृद्धिका सन्दर्भमा ढकाल विवादमा परेपछि उनी मन्त्रालय तानिएका हुन् ।

उनी मन्त्रालयल तानिदा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दशौं तहकी शिवानी खड्गीले प्राप्त गरेकी छिन्।

मन्त्रालय स्रोतका अनुसार भट्टराई माथि मिडिया ट्रायल गरेको आरोप लागेको छ ।

एघारौँ तहका भट्टराईलाई छाडेर दशौँ तहको खड्गीलाई निमित्त दिएको भन्दै केही सञ्चारमाध्यमहरुले मन्त्री मेहताको आलोचना गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *