काठमाडौँ वायु प्रदूषणको विश्वकै दोस्रो सूचीमा

20
Shares

काठमाडौँ, १० वैशाख । काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ ।

बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।

त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

त्यस्तै पिहिलो सूचीमा पाकिस्तानको लाहोर जसको एक्यूआई ३८२ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *