सीटीईभीटीद्धारा स्वास्थ्य विषयमा डिप्लोमा तथा प्रमाणपत्र तह अन्तर्गतका विभिन्न कार्यक्रममा आवेदन आव्हान

भक्तपुर, ६ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य कार्यक्रमहरूमा पूर्ण शुल्कीय तर्फ भर्ना प्रक्रिया अघि बढाएको छ ।
सोमबार प्रकाशित सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालयले साउन २६ गतेभित्र अनलाइन आवेदन फारम भर्न भनको छ ।
स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, परिषद्को सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको हो। परिषद्को “डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२” अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइनेछ।
यसपल्ट प्रवेश परीक्षा नभइ शैक्षिक योग्यताको आधारमा प्राप्त अङ्क तथा विद्यालयको प्रकारको आधारमा तय हुने अङ्कको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने भएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




