केयुले सञ्चालन गरेको एमबीबीएस तहको परीक्षामा दुई विषयको प्रश्न पत्र ‘आउट’

पहिलेको परीक्षा रद्ध गर्दै पुन: परीक्षाका लागि नयाँ तालिका निकाल्यो केयुले

काठमाडौँ, ३१ बैशाख । परीक्षा अगावै प्रश्नपत्र बाहिरिए पछि  काठमाडौँ विश्वविद्यालय (केयु) को परीक्षा नियन्त्रण कार्यालयले दुईवटा विषयको पुर्नपरीक्षा लिने भएको छ । केयुले आइतबार सूचना जारी गर्दै गत ५ र १० मे मा सञ्चालित दुई विषयको परीक्षा पुन: लिनु पर्ने भन्दै नयाँ तालिका पठाएको छ ।

नयाँ तालिकामा फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी १६ मे कादिन विहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको पनि १६ मे दिउसो २ देखि २ ३० बजेसम्म लिने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

केयु स्कुल अफ मेडिसिनका डीन प्राडा. मनोज हुमागाईँले यी दुई विषयका परीक्षाको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुर्न परीक्षा लिने निर्णय गरेको बताए ।

‘यी सुरुकै परीक्षा थिए, परीक्षामा प्रश्न पत्र आउट भएको भन्ने हल्ला चल्यो । हामीले तत्कालै यत्तिकै रद्ध गर्न पनि मिलेन । परीक्षा समिति बस्यो र ट्याली गर्दा हल्लामा केही सत्यता पनि देखियो र पहिलेको परीक्षा रद्ध गरी पुन लिने निर्णय भयो,’ उनले भने ।

डीन प्राडा हुमागाईँले त्यसपछिका विषयमा दोस्रो सेटबाट सञ्चालन गरिएको समेत सुनाए । ‘परीक्षामा पहिलो सेटमा समस्या भएको हल्ला चलेपछि हामीले बाँकी परीक्षा अर्को सेटबाट लियौँ तर सुरुकै केही विषय भने पुन परीक्षा लिने निर्णयमा पुग्यौँ,’ उनले भने ।

प्रश्नपत्र आउट हुँदै गर्दा ठूलो रकम चलखेल भएको हल्ला समेत चलेको थियो ।

प्राडा . हुमागाईँले प्रश्नपत्र आउट भएको विषय काभ्रे प्रहरीले छानवीन गरिरहेको भन्दै सबै सत्यतथ्य प्रहरीले सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *