स्वास्थ्य सेवा दिवसमा ५ स्वास्थ्यकर्मी पुरस्कृत

काठमाडौँ, १५ फागुन । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ जना स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी सुर्खेत अस्पतालका डा केशर वहादुर ढकाल , फार्मेसी निरिक्षक सुश्मा थपलिया , कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली र  बाराकी सिअनमी किरण कुमारीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

अनमी विष्टले एक लाख रुपैयाँको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार पाइन् भने अन्यले जनही ५० हजार रुपैयाँ पाएका छन्।

मन्त्रालयले हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउदै आएको छ । यस वर्ष पनि ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा-निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराा साथ स्वास्थ्य सेवा दिवस मनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *