नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज

काठमाडौँ, २ फागुन । उच्च अदालत पाटनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार जना सदस्यहरुको नियुक्ति खारेज गरिदिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीसद्वय डिल्लीरत्न श्रेष्ठ र रमेश ढकालको संयुक्त इजलासले उनीहरुको नियुक्ति कानुन विपरित रहेको ठहर गर्दै खारेज गरिदिएको हो ।

यो फैसालसँगै परिषदमा सदस्य मनोनित भएका तोपबहादुर थापा, माइकल देवकोटा, शालिक राम धिताल र राम विनोद महतो पदमुक्त हुने भएका छन्। धितालले भने यसअघि नै राजीनामा दिइसकेका थिए।

उनीहरुलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेका थिए । मन्त्रालयको उक्त निर्णयका विरुद्ध बल बहादुर सिंजालीले उच्च अदालतमा रिट दायर गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *