स्वास्थ्य सेवाका कर्मचारी संघबाटै परिचालन गर्न दवाव मुलक कार्यक्रम अघि सार्दै प्रगतिशील स्वास्थ्यकर्मी संगठन


काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गनुपर्ने माघ अघि सारेको छ ।

गत शुक्रबार र शनिबार काठमाडौँमा चलेको संगठनको तेस्रो पूर्ण बैठकले स्वास्थ्य क्षेत्र सम्वेदनशील र विशिष्टिकृत सेवा भएको जनाउँदै स्थानीय तह र प्रदेश तहबाट हुने स्वास्थ्यकर्मीको परिचालन प्रभावकारी नहुने निस्कर्ष निकालेको छ ।

संगठनले प्रदेश तथा स्थानीय तहबाट नभई संघीय तहबाट स्वास्थ्यकर्मीहरुको परिचालन गर्न सरकारलाई दवाव दिन तीन महिने हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

तेस्रो पूर्ण वैठकले २१ बुँदे माग अघि सारेको भन्दै संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापाले तत्काल अन्तर प्रदेश र प्रदेश सरुवा गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको लागि निशुल्क स्वास्थ्य सेवा राज्यले व्यवस्था गनुपर्ने, स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनु पर्ने लगायतका विषय भएको बताए ।

उनले संघ, प्रदेश, स्थानीय तहमा चक्रिय प्रणाली अनुसार सरुवा गनुपर्ने,.स्वास्थ्यकर्मी जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउनु पर्ने, स्तरबृद्धि तथा बढुवा प्रक्रियालाई सरल र सहज प्रकृयामा कार्यान्वयनमा ल्याउनुपर्ने, ओएनएम सर्वे तत्काल गरी आवश्यक दक्ष जनशक्ती, स्वास्थ्य संस्थाको आधुनिक भौतिक पूर्वाधार गनुपर्ने मागहरु संगठनले प्राथमिकताका साथ उठाएको बताए ।

यसैगरी निश्चित मापदण्ड र मर्यादा निर्धारण गरी जनरल नर्सिङ सेवा र पव्लिक समूह एउटै बनाउनुपर्ने र आन्तरिक लोकसेवा खुल्ला गनुपर्ने, शैक्षिक योग्यताको आधारमा पदनाम तथा पदस्थापना गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

यस्तै स्वास्थ्य सेवाको प्रशासनिक समूह गठन गनुपर्ने, स्वास्थ्य संस्थाको प्रमुखको जिम्मेवारीका लागि मापदण्ड निर्धारण गरी कार्यन्वयन गनुपर्ने, संघ र प्रदेशमा ग्रेडलाई समन्यायिक तवरले तत्काल लागु गनुपर्ने मागहरु पनि प्रमुखताका साथ उठाइएको अध्यक्ष थापाले बताए ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन नेकपा माओवादी केन्द्रमा आस्था राख्ने स्वास्थ्यकर्मीहरुको संगठन हो । अहिले सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “स्वास्थ्य सेवाका कर्मचारी संघबाटै परिचालन गर्न दवाव मुलक कार्यक्रम अघि सार्दै प्रगतिशील स्वास्थ्यकर्मी संगठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *