रातभरको छलफल पछि सरकार र नर्स ज्योति रानाभाट पक्षबीच भयो १९ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ, २० साउन । सरकारसंग १९ बुँदे सम्झौँता गर्दै नर्स ज्योति रानाभाटले विगत ६ दिन देखिको अनसन तोडेकी छन् । वीर अस्पतालमा रातभरको बार्ता पछि आज विहान २:३५ बजे अनसन तोडिएको हो ।
रानाभाट पक्ष, नेपाल नर्सिङ संघ र सरकारी पक्षबीच हिजो दिउसोृ देखि नै छलफल चलेको थियो । तर अन्तिम छलफलमा राती स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र रानाभाट पक्षका नर्सहरु मात्रै सहभागि थिए ।
राती सहमतिका मस्यौदा तयार भएपछि रानाभाटले हस्ताक्षर गरेकी हुन् । सहमतिमा तत्काल कार्यान्वयन गर्ने १२ बुँदा र क्षेत्रगत अधिकार सहितको कार्यदल गठन गरी अध्ययन् प्रतिवेदन अनुसार कार्यान्वयन गर्ने अरु ७ बुँदा रहेका छन् ।
सहमति पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगिता मिश्रा, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा मनोहर प्रधान सहित सचिवालयका टोली थिए । यस्तै शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल र श्रम मन्त्रालयका उपसचिव गगनसिंह विष्ट सहभागी थिए ।
हेर्नुहोस सहमतिका बुँदाहरु


सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 
