शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक वर्षमा गर्‍यो २०२ जनाको मिर्गौला प्रत्यारोपण

12
Shares

काठमाडौँ, १६ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक वर्षको अवधीमा २०० बढी मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा केन्द्रले २०२ वटा मिर्गौला सफल प्रत्यारोपण गरेको हो ।

केन्द्रकी कार्यकारी निर्देशक एवं बरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पनाकुमारी श्रेष्ठले सबैभन्दा धेरै अंग प्रत्यारोपणको सूचीमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै प्रत्यारोपण सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका चिकित्सक, नर्स तथा कर्मचारीको अथक मेहनतको परिणाम हो भनेकी छन् ।

उनले हरेक सफल प्रत्यारोपणले एउटा नयाँ जीवन, एउटा नयाँ आशा र एउटा नयाँ भविष्यको सुरुवात गर्दछ भन्दै सेवाका लागि विश्वास गर्ने सबै प्रति आभार व्यक्ति गरेकी छन् ।

यसअघि लामो समय केन्द्रको नेतृत्वमा बरिष्ठ प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । उनले गत असोजको पहिलो साता केन्द्रबाट अवकाश लिएका थिए । तर प्रत्यारोपणमा उनले थालेको रफ्तारलाई नयाँ टिमले निरन्तरता दिएको छ ।

केन्द्रका सूचना अधिकारी हरिहर पोखरेल भन्छन्, ‘देशमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण हुने संस्थाको रुपमा यहि केन्द्र पहिलो छ । यसमा डा. पुकार सरको ठूलो देन रहेको छ । गत असोजमा उहाँ (डा. पुकार) अवकास भए पछि पनि हामीले त्यो गतिलाई निरन्तरता दिन सफल भएका छौँ ।’

उनले २०२ जनाको प्रत्यारोपण हुँदा ६ जनाको प्रत्यारोपण मस्तिष्क मृत्यु भएका दाताबाट लिइएको अंगबाट उपलव्ध भएको बताए ।

केन्द्रको नेतृत्व डा. कल्पनाले गरिरहँदा प्रत्यारोपणको नेतृत्व डा. लुसन सिंहले गरेका छन् । उनलाई दह्रोसंग साथ दिएका छन् डा. दीपेश श्रेष्ठले ।

यस्तै डा. हरि बराल डा. रोजन अधिकारी, डा. सतप्रसाद नेपाल डा. रुपेश झा पनि प्रत्यारोपणमा खटिने गरेका छन् ।

डा. सुमित आचार्य, डा. रुबसनाथ योगी, डा. अनुराग सिंहले पनि प्रत्यारोपणको अभियानलाई नजिकबाट सहयोग गर्दै आएका छन् ।

यसैगरी एनेस्थेसियामा डा. आरती, डा. निभा, डा. रेखा, डा. सोभित डा. शिव, डा. ऋति लगायतका चिकित्सकको योगदान पनि उत्तिकै उल्लेखनीय रहेको अस्पतालले जनाएको छ ।

ट्रान्सप्लान्ट कोअर्डिनेटरका रुपमा डा. निरु, तारा, सरु कोजु, पजा खड्का लगायतको टिम, रेडियोलोजी तथा डा. कृष्ण बुढाथोकीको टिमको सहयोगले पनि यो सफलताका लागि सहयोग गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *