लक्षित वर्गका नागरिकलाई निशुल्क उपचार सेवा कार्यान्वयनका लागि मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

128
Shares

काठमाडौँ, २१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।

‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३) बमोजिम विभिन्न अस्पतालसँग आवश्यक सूचना आदान–प्रदान,उपचारसम्बन्धी समन्वय तथा सेवा सहजीकरण गर्न डा. जोशीलाई सम्पर्क व्यक्ति तोकेको हो ।

उनीसँग ९८५१४६००३७ नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा उपचारसम्बन्धी सहजीकरण एकीकृत रूपमा हुने समेत मन्त्रालयले विश्वास लिएको छ ।

‘यो व्यवस्थाले लक्षित वर्गलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शैय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहज हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *