नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त

176
Shares

काठमाडौँ, २० साउन । नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आलमलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।

आलमले केही वेर अघि स्वास्थ्य मन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी आजै परिषद्मा पुगेर जिम्मेवारी सम्हाल्दै छन् ।

यसअघि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न विज्ञापन आव्हान भएको थियो ।

सो विज्ञापनमा आवेदन दिएकामध्ये आलम सहित धर्मप्रसाद खनाल, प्रदीप लम्साल, बाबुराम हुमागाईँ, बिजय यादव, राजकुमार थापा र लिला जोशी गुरुवाचार्यलाई अन्तर्वार्तामा बोलाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *