नेपाल मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

168
Shares

काठमाडौंँ, ३१ जेठ । नेपाल चिकित्सक संघले गोकर्णेश्वर नगरपालिका -९ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोध गर्दै दाषीमाथि कारबाहीको माग गरेको छ।

संघका महासचिव डा सन्जिव तिवारीले आज विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारबाही गर्न माग गरेका छन्।

‘उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ ।’

जेठ २८ गते भर्ना भइ उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेको अस्पतालले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *