बागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा

1.0k
Shares

हेटौँडा, ११ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा भएको छ । गत ३० असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरेको हो ।

उनलाई सरुवा गरे पछि उनको स्थानमा भने अहिलेसम्म कसैलाई पठाइएको छैन ।

डा गौतम स्त्री रोग विशेषज्ञ हुन् । संघ अन्तर्गतको दरबन्दीमा रहेकी उनी ११ पुस २०८१ देखि प्रदेश स्वास्थ्य सचिवको रुपमा हेटौडामा थिईन् ।

पछिल्लो पटक प्रदेशको सचिवहरुमा संघबाट कर्मचारी खटाउने कि प्रदेशकै उपलव्ध गराउने भन्ने विषयमा विवाद भइरहेको छ । बागमतीमा पनि अहिले स्वास्थ्यमा एघारौँ तहका ६ जना अधिकृत कार्यरत छन् ।

उनीहरुले आफूहरु मध्येबाट प्रदेशको स्वास्थ्य सचिव बनाउनु पर्ने भन्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “बागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा”

  1. सङ्घीयता को मर्म अनुसार प्रदेश बाट नै सचिव बनाउनु पर्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *