बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब'को असर

आगामी तीन दिनको मौसममा फेरी परिवर्तन आएको हो ?

0
Shares

काठमाडौँ, १२ कात्तिक । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विहान ८ बजे जारी गरेको आगामी तीन दिनको बुलेटिनमा बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमश: कमजोर हुँदै गएको संकेत गरेको छ ।

तर यसको आंशिक असरले नेपालमा आज देखि तीन दिन अर्थात १४ कात्तिक शनिबारसम्म देखिने बताएको छ । महाशाखाले यस अवधीमा देशका विभिन्न भागमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ ।

कस्तो आज विहान जारी बुलेटिन ?

आजको लागि कुनै मौसमी चेतावनी छैन। तथापि, आज कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडी नै गर्नु हुन, तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहनु हुन अनुरोध छ।

यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

कार्तिक १२ गते (बिहीबार)

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा बाँकी हिमली भू(भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू(भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

रातिः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू(भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षारहिमपात मधेश प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०८३ कार्तिक १३ गते (शुक्रबार)

दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षारहिमपात सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।

२०८३ कार्तिक १४ गते (शनिबार)

दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।

२०८३ कार्तिक १५ गते (आइतबार)

देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

२०८३ कार्तिक १६ गते (सोमबार)

देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भू-भाग,उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *