बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा. अवधेशकुमार मिश्रलाई बनाउने तयारी, प्रदेशका कर्मचारीहरुद्धारा विरोध

0
Shares

काठमाडौँ, १३ कात्तिक । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले प्रदेश सचिवमा पुन: संघीय कर्मचारीलाई नियुक्त गर्न थालिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले आज प्रदेशका मुख्यमन्त्री किरण थापा, स्वास्थ्यमन्त्री गिरबहादुर तामाङ लगायतलाई भेटि विरोध पत्र बुझाएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गत ३० असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले बागमतीको स्वास्थ्य सचिव रहेकी डा सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

सोही बैठकले प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिने गरी डा अवधेशकुमार मिश्रललाई बागमती प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ । डा मिश्र हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एघारौँ तहका कन्सलट्यान्ट फिजिसियनको रुपमा कार्यरत छन् ।

‘डा मिश्रलाई स्वास्थ्य सचिवमा पठाउने गरी बागमती प्रदेशमा पठाइएको रहेछ । हामीले पत्र हेरिसक्यौँ । अब विरोधमा उत्रिनुको विकल्प छैन । त्यसैले हामीले आजै मुख्य मन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका निकायमा ध्यानाकर्षण तथा विरोध पत्र बुझाएका छौँ,’ एक कर्मचारीले भने ।

उनले प्रदेशमा सचिव बन्न योग्य ६ जना एघारौँ तहका अधिकृत रहेको भन्दै तिनैमध्येबाट बनाउनु पर्ने आफूहरुको माग रहेको बताए । उनले संघबाट आउने कर्मचारीलाई सहयोग नगर्ने गरी प्रदेशका कर्मचारीहरु एकजुट भएको समेत ती कर्मचारीले बताए ।

हेर्नुहोस ज्ञापन पत्र

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *