राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ३० जेठ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाहअनुसार २४ घण्टा अब्जरभेसनमा राखिएको र बुधबारसम्ममा डिस्चार्ज हुने जानकारी दिए ।
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



