मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

196
Shares

काठमाडौँ, ३० जेठ । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार बिहान काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।

उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि गत शनिबार राष्ट्रपति पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

अहिले गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको स्रोतले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *